शनिबार, बैशाख ८, २०८१

स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित यादव पक्राउ

काठमाडौं फागुन २,
जिल्ला प्रहरी कार्यालय महोत्तरी र प्रहरी चौकी मटिहानीको संयुक्त टोलीले मटिहानी नगरपालिका ८ मस्जिद टोलबाट स्रोत नखुलेको १७ लाख भारतीय रुपैयाँ सहित सोही ठाउँ बस्ने २९ वर्षीय महेश यादवलाई मंगलबार बिहान पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको महेश सवार ज ०६ प ६६६४ नम्बरको मोटरसाइकलको चेक जाँचको क्रममा मोटरसाइकलको ट्याङ्कीभित्र लुकाई राखेको ५ सय दरको १००/१०० थानका ३४ बन्डल भारतीय रूपैयाँ वरामद भएसंगै मोटरसाइकल सहित यादवलाइ पक्राउ गरेको जनाउँदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएकोछ ।