आइतवार, बैशाख २३, २०८१

राष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित

काठमाडौं माघ २३,
राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन् ।  सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले अर्याल निर्विरोध निर्वाचित भएकी हुन् ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी एउटा मात्रै प्रस्तावको सूचना प्राप्त भएकाले राष्ट्रिय सभा नियमावली २०७५ को नियम ८ बमोजिम सभा सदस्य अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभएको हो ।

अर्याल नेकपा एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभामा उनी मधेस प्रदेशबाट सदस्य निर्वाचित भएकी थिइन् ।