बिहिबार, बैशाख २०, २०८१

बागमती प्रदेशको सरकार विस्तार , थपिए आठ मन्त्री थपिए

काठमाडौं माघ ११ ,

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफु नेतृत्वको मन्त्रिमण्डल विस्तार गर्नुभएको छ। मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज आठ जनाप्रदेशसभा सदस्यलाइ मन्त्रीपरिषदको सदस्यमा नियुक्त गर्नु भएको हो ।

विस्तारित मन्त्रिमण्डलको नवनियुक्त मन्त्रीहरूमा गङ्गानारायण श्रेष्ठ, कुमारी मुक्तान, युवराज दुलाल, केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ, डम्बर तामाङ र राजु विष्ट रहनुभएको छ । यसअघि गत पुस २६ गते गठित तीन सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीमा जम्कट्टेल तथा मन्त्रीद्वय जगन्नाथ थपलिया र उद्धब थापा रहनुभएको थियो ।

त्यस्तै विस्तारित मन्त्रिपरिषदमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी जगन्नाथ थपलियालाइ, खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी उद्धब थापालाइ र गङ्गानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यस्तै कुमारी मुक्तानलाई सामाजिक विकास मन्त्रालय, युवराज दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, केशवप्रसद पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छभने डम्बर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय र राजु विष्टलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएको छ। नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ समेत लिनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031