शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद् बैठक: आत्मदाह गर्ने आचार्यले ध्यानाकर्षण सहित उठाएका विषयको सरकारले छानबिन गर्ने

काठमाडौं माघ ११ ,
नेकपा माओवादी नेतृत्वको गठबन्धन सरकारको आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले मंगलबार संसद् भवन अगाडि आत्मदाह गर्ने इलामका प्रेमप्रसाद आचार्यले उठाउनुभएका विषयको छानबिन गर्ने निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाह गर्नुभएका आचार्यले उठाउनुभएका विषयको छानबिन गर्न गृह मन्त्रालयले नै तदारुकताका साथ पहलकद्मी लिदै मृतकले उठान गरेको विषयहरूको छानबिनपछि आवश्यक कारबाही गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

त्यस्तै गृहमन्त्री लामिछानेले छानबिनको नतिजाका आधारमा गर्नुपर्ने कार्य सबै सरकारले गर्ने  जानकारी दिनुभयो ।