शनिबार, बैशाख ८, २०८१

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४५ वटा सञ्चारमाध्यम कारवाहीमा

 काठमाडौं माघ ११ ,
प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लङ्घनमा कारबाही गरेको छ । यसरी कारवाही गरिएका सञ्चार माध्यममध्ये आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने आइअफनेपाल डटकमलाई कालोसूचीमा राख्दै थप कारबाही अघि बढाइएको काउन्सिलले आज जारी विज्ञप्तिमा उल्लेख गरेका छन ।

त्यस्तै काउन्सिलका सह–प्रवक्ता एवं सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्दै समाचार लेख्ने तनहुँको प्रादेशिक खबर दैनिकलाइ २४ घण्टे स्पष्टीकरण सोध्नुको अलावा स्वअनुगमनमा आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने २८ वटा सञ्चार माध्यममध्ये २ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, ११ वटालाई सचेत, ४ वटालाई स्पष्टीकरण र ५ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन पत्राचार गरिएको जनाइएको छ ।

त्यस्तै विज्ञप्तिमा पछिल्लो समयमा विज्ञापनको नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको जनाउँदै काउन्सिलले प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत र पत्रकारिताको दुरुपयोग भएको भन्दै काउन्सिलले सञ्चार माध्यमलाई सजगता अपनाउन ध्यानाकर्षण गराउँदै अटेरी गरे कारबाही हुने काउन्सिलले चेतावनी संगै उजुरीका आधारमा दर्ता र सूचीकरण नभएका १६ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको जनाएको छ ।

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ४५ वटा सञ्चारमाध्यम कारवाहीमा