बिहिबार, बैशाख २०, २०८१

हिन्दू अधिराज्य पक्षधरका उम्मेदवारलाई मात्र मतदान गर्न महासंघको अपिल

 काठमाडौं कार्तिक ३०,
विश्व हिन्दू महासंघले पछिल्लो समय मुलुकमा विधर्मीहरुको बड्दो प्रभावलाइ निस्तेज बनाउँन आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाषा, धर्म र संस्कृतिको संरक्षण एवम् हिन्दू अधिराज्य  पक्षधरका दलीय उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ।

महासंघकी कावा अध्यक्ष अस्मिता भण्डारीले महासंघको आज बसेको कार्य सम्पादन समितिको बैठक पछि एक विज्ञप्ति जारी गर्दै स्वार्थी र विधर्मी नेताहरूलाई पटक पटक नेतृत्वमा पठाउँदा भाषा, धर्म र संस्कृति मात्र नभई सामाजिक सद्भाव, परम्परा तथा धार्मिक मूल्य मान्यता र सांस्कृतिक एकतामा दिनानुदिन विचलन सिर्जना हुँदै आएको पक्षप्रति गम्भीर बन्दे आसन्न निर्वाचनमा सचेत हुँदै हाम्रो धर्म संस्कृतिको रक्षाका लागि हिन्दू अधिराज्यको पक्षमा रहेका उम्मेदवारलाई मात्र मतदान गर्न अपिल गर्नुभएकोछ ।

त्यस्तै केहि दल विशेषका निश्चित नेताहरुले विधर्मीको इसारा र आर्थिक प्रलोभनमा परी जनचाहना विपरित मुलुकलाइ धर्म निरपेक्ष घोषणा गरिएकोमा आपत्ति जनाउँदै त्यस्ता नेता र दलको सवै किसिमको क्रियाकलाप प्रति सचेत रहन र भाषा, धर्म र संस्कृतिको रक्षाका लागि योगदान गर्न सबैलाई अपिल गर्नुभएको छ ।