आइतवार, बैशाख २३, २०८१

तीर्थयात्री सवार बस दुर्घटना, पाँचको मृत्यु ३० जना गम्भीर घाइते

बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं कार्तिक १३ ,

पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको ना६ख ७५८० नम्बरको बस नवलपरासीपूर्वको बुलिङ्टार गाउँपालिका९२ मथारमा दुर्घटना हुँदा पाँच जनाको यात्रुको मृत्यु भएको छ भने ३० जना गम्भीर घाइते भएको स्थानीय प्रहरीले जनाएको छ।

३५ तीर्थयात्री सवार रहेको बस अनियन्त्रित भई सडकबाट झन्डै सय मिटर तल भीरमा खसेको जनाउँदै दुर्घटनामा रम्भा गाउँपालिका९१, हुँगीका ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीय धनी विक, ५८ वर्षी देवी गाहा, स्याङ्जाको गल्याङ नगरपालिका९९ की ४५ वर्षीय फुलमाया विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैवीच प्रधानमन्त्री शेरबहादुर देउवाले पाल्पामा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रम देउवाले आज बिहान ट्वीट गर्दै पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएके छ। साथै उहाँले शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै दुर्घटनाबाट घाइते भएकाहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।