शनिबार, बैशाख २२, २०८१

बागमती प्रदेशका काँग्रेस सदस्य खरेललाइ पितृ शोक

काठमाडौं कात्तिक १०

नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य राजु खरेललाइ पितृ शोक परेको छ । नेता खरेलका पुजनिय पिता कृष्ण प्रसाद खरेलको आज ७३ वर्षको उमेरमा ९:१५ बजे निधन भएको हो ।

स्व: खरेल लामोसमय देखि विभिन्न शारिरीक समस्याबाट पिडित रहदै आउँनुभएको काठमाडौं काँग्रेस क्षेत्र न. ८ ख प्रदेशका सल्लाहकार एवम् काँग्रेस नेता तेबिन्द्र शाक्यले जानकारी दिनुभयो ।

त्यस्तै सामुदायिक सेवा मञ्च ,सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भुका अध्यक्ष समेत रहेका नेता खरेलका पिताजीको निधनप्रति शोक व्यक्त गर्दै काठमाडौं काँग्रेस क्षेत्र न ८ का सभापति राजेश श्रेष्ठ सोहि क्षेत्रको क प्रदेशबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका युवा नेता राजुराज जोशी र ख प्रदेशका उम्मेदवार रहनु भएका नेता अमिन पाण्डे, समानुपातिक तर्फका उम्मेदवार सपना राजभण्डारी, काँग्रेस वडा न१३ का सभापति सुरेन्द्र माननन्धर, काँग्रेस नेता केदार मानन्धर लगायतले मृतआत्माको चिर शान्तिको कामना गर्दै नेता खरेल सहित शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।