शनिबार, बैशाख २२, २०८१

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक

काठमाडौं कात्तिक १० ,
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ ।

आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम कायम गरिएको उम्मेदवारको नाम समावेश भएको अन्तिम बन्दसूची सार्वजनिक गरेको हो ।

सूची हेर्नका लागि यहाँ क्लिक गर्नहोला

प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २१९९ उम्मेदवार रहेका छन् भने प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं।१ का लागि ६१६ जना, मधेश प्रदेशका लागि ८६३ जना, बागमती प्रदेशका लागि ७५४ जना, गण्डकी प्रदेशका लागि ३४४ जना, लुम्बिनी प्रदेशका लागि ५७९ जना, कर्णाली प्रदेशका लागि २०० जना र सुदूरपश्चिम प्रदेशका लागि ३५२ जना उम्मेदवारहरू रहेका छन् ।

त्यस्तै समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरुको नाम सूचीबाट हटाइ यसअघि सार्वजनिक भइसकेको छ । उक्त प्रणालीतर्फ लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६४५७ जना उम्मेदवारहरू रहेका थिए ।