शनिबार, बैशाख २२, २०८१

महोत्तरीको भङ्गाहामा अनिश्चितकालीन कर्फ्यु आदेश

काठमाडौं कार्तिक १०,

महोत्तरीको भंगहा नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ । हिन्दु सम्राट सेना नाम गरेको एक संगठनले निकालेको र्‍यालीको क्रममा र्‍याली पक्षधर विपक्षी विच भएको झडप संगै हिंसा भड्किए पछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले कर्फ्यु आदेश जारी गरेको हो।

महोत्तरी प्रशानिका अनुसार हिंसा नियन्त्रणमा लिन नगरपालिकाको वडा नम्बर–८ को दक्षिणमा पूरै पडरिया गाउँ, उत्तरमा धर्मपुर, पूर्वमा लोहारपट्टीको बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी नजिकै रहेको पुलसम्म आज अपराह्न देखि अनिश्चितकालसम्मका लागि कफ्र्यू लगाइएको जारी आदेशमा उल्लेख गरिएको छ ।

त्यस्तै महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी आदेशमा सो स्थानमा अत्यावश्यकबाहेक भेला, जुलुस, घेराउ, ¥याली, सभा गर्न नपाउने तथा थप धनजनको क्षति हुन नदिनका लागि कफ्र्यू आदेश जारी गरिएको र जारीआदेशको वर्खिलाप कुनै पनि कामकारावही भए गरे काुननत कारवाही गरिने उल्लेख गरिएको छ।