बिहिबार, बैशाख २०, २०८१

तिहारलगत्तै बजारमा छठ पर्वको चहलपहल सुरु

काठमाडौं कात्तिक ११ ,
वर्ष २०७९ को तिहार  पर्व  विहिवार  विधिवत समापनसंगै  बजारमा छठ पर्वको रौनक एवम् चहलपहल सुरु भएको छ । पर्वका लागि राजधानीको विभिन्न क्षेत्रमा रहेको  खोला क्षेत्रमा भव्य रुपमा छठ पर्व मनाउनका लागि सरसफाइका कार्य   शुरु भएको छ । छठपर्व  विधिवत् रुपमा आजदेखि हुँदैछ । तिथि घटबढ कारण  भाइटीका लगत्तै छठपर्व  शुरु भएको हो ।

नियम निष्ठाका साथ मनाइने गरिएको यस पर्वको पहिलो दिन आज वर्तालुहरुले आत्मशुद्धि गर्छन् । लसुन र प्याज पनि नखाने, अरुवाअरुवाइन अर्थात् शुद्ध भोजन गर्ने गर्छन् । यसलाई ‘नहायखाय’ भनिन्छ ।

त्यस्तै पर्वको दोस्रो दिन दिनभर उपवासमा बसेर बेलकीको समयमा नयाँ माटोको चुलोमा पूजाका लागि खीर पकाउने गर्छ । सोही खीर घरको देवीदेउतालाई अर्पण गरेपछि परिवारका सदस्यबीच प्रसादका रुपमा वितरण गरी वर्तालुले आफ्ले पनि प्रसादकै रुपमा ग्रहण गर्ने गरिन्छ ।

पर्वको तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य र वर्तको चौंथो दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको विधिवत् समापन गरिन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु