शुक्रबार, बैशाख २१, २०८१

भाइटीका प्रयोजनार्थ बालगोपालेश्वर मन्दिर खुला गरिने

काठमाडौं कार्तिक ९,
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले आगामी कार्तिक १० गते बडादशैँ पछि मनाइने दोस्रो ठूलो पर्व तिहारको यमपञ्चक अन्र्तगत मनाइने भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा रहेको जनाएको छ । यद्यपी भाइटिका लगाउन शुभ साइतमा नभ्याए सूर्यास्त नभएसम्म लगाउन कुनै समस्या नरहेको जानकारी समेत समितिले दिएको छ।

यसैवीच यमपञ्चक अन्र्तगत सोमवार मनाइने मुख्य पर्व भाइटीकाका क्रममा दिदीवहिनी नहुने दाजुभाइका लागि बालगोपालेश्वरको दर्शन भाइटीका लगाउन पुर्न निर्माण गरिएको राजधानीस्थित रानीपोखरी विहान ५ बजे देखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

०७२ को महाभूकम्पका कारण पूर्णरुपमा क्षति ग्रस्त भएको राजधानीको रत्नपार्क ३ सय ५२ वर्ष पुरानो रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुरानै शैलीमा ४वर्ष ९ महिनाको हाराहारीमा रानीपोखरी वरिपरिको संरचनासहित पुनःनिर्माण सम्पन्न भएसंगै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर प्राण प्रतिष्ठासहित ताम्रपत्रको अनावरण गर्दै उद्घाटन गनुभएको हो ।