शनिबार, बैशाख २२, २०८१

यमपञ्चक अन्र्तगत आज नरक चतुर्दशी र कुकुर तिहार मनाइदै

काठमाडौं कार्तिक ७,
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मंगलवारबाट शुरु भएको छ । यस वर्ष तिथिको घटबढका कारण शनिवार देखिनै यमपञ्चक सुरु भएको हो । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

पाँच दिनसम्म मनाइने यो चाड अर्थात यमपञ्चक कात्तिक शुक्ल द्वितीयासम्म् यमराज पनि आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिएको धर्मशास्त्रमा उल्लेख रहेको पाइन्छ ।

यमपञ्चकको क्रमवद्ध अनुरुप चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् र म्हपूजा एवम अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइने भएपनि यसपटक तिथिको घटबढका कारण आज कुकुर पूजा संगै आज प्रात कालमा बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास सहित नरक चतुर्दशी समेत मनाइएको छ ।

यसैवीच तिहारपर्व अन्र्तगत कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास अनुरुप समाजमा कुकुरलाइ सम्ँनजनक रुपमा हेर्ने गरिन्छ । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास रहिआएको छ ।