शनिबार, बैशाख २२, २०८१

अन्तर्राष्ट्रिय मोटर स्पोर्टस प्रतियोगितामा पहिलो पटक नेपाली खेलाडीले सहभागिता जनाउँदै

काठमाडौैं कार्तिक ६,
फ्रान्सको मार्सेली सहरमा ओलम्पिक र्फम्याटमा आयोजना हुने अन्तर्राष्ट्रिय मोटर स्पोर्टस प्रतियोगितामा पहिलो पटक मोटर स्पोर्टसका ३ नेपाली खेलाडीहरुले सहभागिता जनाउने भएका छन् । मोटर स्पोर्टस नेपालमा ढेड दशक आगडिबाट संस्थागत शुरुवात भएको हो ।

मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ फेडेरेशन अटो मोवाइल्स एफएआईको आयोजनामा अक्टोबर २६ बाट ३१ सम्म सम्पन्न हुने एफएआइ मोटर स्पोर्टस गेम्स २०२२ मा नेपाली खेलाडीहरु क्रमस अनिल कुमार बराल, जिस्वाँ तुलाधार तथा दिप्रश शाक्य सहभागि हुँदै गरेको नेपाल अटोमोवाइल एसोसियशन ९नासा०ले जनाएको छ ।

१७ भन्दा बढी बिधाहरु समावेश रहेको प्रस्तुत प्रतियोगितामा मोटर स्पोर्टसका राष्ट्रिय खेलाडीत्रयले प्रतियोगितामा क्रमशः अटो स्लालोक र कार्टिङ स्प्रिन्ट सिनियर विद्यामा सहभागिता जनाउने  नासाले जनाएको छ।

त्यस्तै नासाले मोटरस्पोटर्स एक साहासिक खेल भएकै कारण नेपाली खेलाडीहरुको उपस्थिति मात्रले नै राष्ट्रको नाम र झण्डा उच्च रहने जनाउँदैअन्य प्रतियोगितामा गाडीको व्राण्डीङ्ग, कोर्पोरेट सहभागिता ड्राइभर्स र टिमको व्राण्डीङ्ग जस्ता विषयलाई मुख्य आधार मानिन्छ भने यसमा सहभागी देश र झन्डा देशको नाममा ड्राइभर्स र टिमको ब्राण्डिङ्ग तथा राष्ट्रिय टिम र खेलाडीको सहभागिता मुख्य आधार रहेकोले पनि प्रतियोगिता आफैमा महत्वपूर्ण रहेको जनाएको छ।

प्रतियोगितामा सहभागी तिन जना खेलाडीले नै थुप्रै राष्ट्रिय प्रतियोगिता तथा एसिया प्यासिफिक तहको अटो जिम खाना तथा कार्ट्समा सहभागिता जनाएको रेकर्ड रहेको जनाउँदै यदुराज लामिछाने र सृजना बराल अफिसियलका रुपमा रहने जनाइएको छ । प्रतियोगितामा नेपाली टिमको सहभागिताको लागि रजिष्ट्रेसन, इक्युप्मेन्ट्स, हवाई भाडा र बसोबासका लागि अनुमानित ३२ लाख खर्च  लाग्ने नासाका अध्यक्ष दशरथ रिसालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।