आइतवार, बैशाख २३, २०८१

लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

बलात्कार प्रकरण:

काठमाडौं कात्तिक २,
१७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशाला प्रहरीको हिरासतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दिप  लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

प्रहरीले लामिछानेलाई आज तेस्रो पटक अदालतमा उपस्थित गराउँदै अनुसन्धानको लागि थप एक साताको समय माग गरेपनि अदालतले चार दिन मात्र म्याद थप गरी कात्तिक ६ गते आइतबार प्रतिवेदन सहित पेस गर्न अनुमति दिएको हो । यसअघि प्रहरीले असोज २० गते पहिलो पटक र असोज २७ गते दोस्रो पटक अदालतमा पेस गरेको थियो ।