आइतवार, बैशाख २३, २०८१

राजनीतिक दल र उम्मेदवारलाई आचारसंहिता पालनाको लागि आयोगको सात बुँदे निर्देशन

बर्खिलाप गरे उम्मेदवारी खारेजको चेतावनी

काठमाडौं कार्तिक २,
निर्वाचन आयोगले पछिल्लो समय जारी निर्वाचन आचारसंहिता विपरितका अनेकन क्रियाकलाप हुन थालेपछि आचारसंहिता कार्यान्वयनमा थप कडाइको निर्देशन सहित यसको पालनाको लागि राजनीतिक दल र उम्मेदवारलाई सात बुँदे निर्देशन दिएको छ ।

आयोगले लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक्रम गर्दा सुरक्षाकर्मीहरूसहित पच्चीस जनाभन्दा बढी संख्याको जुलुस लिई हिँड्ने, राजनीतिक दलहरूले जुलुस, आमसभा, कोणसभा वा भेला आयोजना गर्ने, अनुमति नलिई निर्वाचन प्रचार प्रसारको लागि सवारी साधन प्रयोग गर्ने समेतका गतिविधि भएसंगै यस किसिमको निर्देशन जारी गरेको हो ।

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता ऋषिराम भुसालले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र तथा निष्पक्ष ढंगले सम्पन्न गर्नका लागि जारी गरेको सात बुँदे निर्देशनमा जारी निर्वाचन आचारसंहिता उल्लङ्घन भएमा प्रचलित कानुन बमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुन सक्ने उल्लेख गरिएको छ ।

यस्तो छ आयोगको सात बुँदे निर्देशन :