शनिबार, बैशाख २२, २०८१

श्वेतकाली अजिमाको १२ बर्षे जात्रा: आज तलेजु मन्दिरको त्रिशुल चोकमा देवीनाच नचाइदैँ

 काठमाडौं कार्तिक १,
काठमाडौं महानगरको वडा १८ स्थित श्री नरदेवी अर्थात श्वेतकाली अजिमाको सोमवारबाट शुरु भएको १२ बर्षे जात्रा अन्र्तगत मंगलवार साँझ श्वेतकाली द्य छेँबाट आरम्भ भएको श्वेतकाली देवीनाच सोमवार साँझ देखिनै हनुमानढोका दरवार स्थित तलेजु भवानीको प्रांगण त्रिशुल चोकमा प्रदर्शन गरिने र यो क्रम मंगलवार साँझ सम्म जारी रहने श्री श्वेतकाली [ङतभुलु] अजिमा १२ वर्षे देवीनाच समारोह समितिले जनाएको छ।

नरदेवीस्थित श्वेतकालीको १२ बर्षे जात्रा अन्र्तगतको देवीनाचमा विशेषतः श्वेतकाली अजिमा र देवीका अन्य गणमा गणेश, चण्डेश्वरी, सुथःमाजु, कुमारी, भैरव, वाराही, नारायणी, महालक्ष्मी, रुद्रायणी, इन्द्रायणी, महादेव, कुमार, सिंहिनी, व्याघ्रिनी, ध्वों, खिचा र दैत्यको नाच रहने रहने समितिले जनाएको छ ।

त्यस्तै समितिले बुधवार साँझ देवीनाच समापन भइ देवघर फिर्ता जानकारीदिनुको अलावा पुन कार्तिक २ गते बुधवार साँझ बाट ३ गते सम्म बसन्तपुरस्थित कुमारी घर अगाडीको दबलीमा देवीनाच नचाइने तयारी रहेको जानकारी संगै बुधवार विहिवार साँझबाट नाच समापनभएसंगै जात्रा समापन गरिने परम्परा रहेको जनाएके छ।

साथै समितिले श्वेतकालीको बाह्र वर्षे जात्राका लागि देवघरबाट देवगण सहित स्वयम्भुस्थित वनमा गै बलिपूजन सहित शुभसाइतमा कटान गरिएको स्थानिय भाषामा मूथां भनिने वृक्ष नरदेवी स्थित देवघर भित्र्याएँदै देवघर प्राङ्गणमा प्रतिस्थापन गरेसंगै श्वेतकालीको १२ वर्षे जात्राको शुभारम्भ हुने जानकारी दिएको छ ।

त्यस्तै यसवीचमा श्वेतकालीको बाह्र वर्षे जात्रा देय् अर्थात देश घुमाउने क्रम अन्र्तगत काठमाडौंका भित्री शहरमा देवीको मूल देवघरबाट घरबाट आरम्भ भई नरदेवी टेंगल – वाङ्गेमुडा, असन, जनबहाल, इन्द्रचोक, हनुमानढोका दरवार चिकंमुगल , जैशिदेवल क्वहिति, भिमसेनस्थान, मरु काठमण्डप यटखा हुँदै पुनः देवीको मूल देवघरमा देवी नाचको शुरुवात भएको जानकारी समेत दिएको छ।