शनिबार, बैशाख २२, २०८१

गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश

 काठमाडौं असोज ३१,
सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

आइतबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सो आदेश दिएको हो । अदालतले अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलका लागि समेत बोलाएको छ ।

बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरिदिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध गुरुङले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

रिटमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका थिए