शनिबार, बैशाख २२, २०८१

मौजुदा गठबन्धन सरकारबाट जसपाका चार मन्त्री पदमुक्त

काठमाडौँ असोज २७,
आसन्न् निर्वाचन लक्षित सत्ता गठबन्धनबाट वाहिरिएका जनता समाजवादी पार्टीबाट मौजुदा गठबन्धन सरकारमा रहेका जसपाका मन्त्रीहरूलाई पदमुक्त गरिएको छ। आज  संविधानको धारा ७७ को उपधारा २ को खण्ड ख बमोजिम प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले उनीहरूलाई पदमुक्त गरेकी हुन्।

यसरी पदमुक्त भएका मन्त्रीहरुमा क्रमस सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादव रहेका छन । पदमुक्त भएका सबै मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री देउवाले आफैँले सम्हाल्ने भएको छ ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७८ बमोजिम कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले नेपालको संविधानको सोही धारा बमोजिम संघीय संसदको सदस्यता प्राप्त गर्न नसकी निजको पदावधि सकिएकोले निजले सम्हाली आउनुभएको कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सम्हाल्ने गरी तोक्नु भएको राष्ट्रपतिको कार्यालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।