शनिबार, बैशाख २२, २०८१

अनुसन्धानका लागि सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

१७ वर्षकी किशोरी वलात्कार प्रकरण :

काठमाडौं असोज २७,
जिल्ला अदालत काठमाडौंले १७ वर्षीया नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका क्रिकेटर सन्दीप लामिछानेलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

गत असोज २० गते प्रहरीले नियन्त्रणमा लिएसंगै दशैँ विदा पछि अदालतमा उपस्थित गराएका लामिछाने उपर यसअघि अनुसन्धानका लागि सात दिनका दिएको म्याद सकिएपछि पुनः थप पाँच दिन अनुसन्धानका लागि म्याद थप गरेको हो ।

१७ वर्षकी किशोरीले सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा भाद्र २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै पक्राउ गरिएको थियो ।