शुक्रबार, बैशाख २१, २०८१

पूर्व राजा ज्ञानेन्द्रको शक्ति पीठ दर्शनको कार्यक्रम स्थगन

काठमाडौं असोज १६,
नेपाली मात्रको महान चाड बडा दशैंको महाअष्टमीको दिन पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट अपरान्ह राजधानीका विभिन्न शक्ति पीठको दर्शन सहित पूजाअर्चनाको गर्ने काम स्थगन गरिएको उहाँको सचिवालयले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

त्यस्तै उहाँकासहयोगी डा फणिराज पाठकद्दारा जारी विज्ञप्तिमा पूर्व श्री ५ ज्ञानेन्द्रबाट देशमा सिर्जित डेँगु लगायतका रोगका कारण सिर्जित विषम अवस्थाबाट नेपाली जनजीवन आक्रान्त रहेका कारण नक्साल भगवती,गुह्श्वेरी, मैतीदेवी,कालिकास्थान,भद्रकाली, संकटा,नरदेवी,रक्तकाली,शोभा भगवती र ईन्द्रायणी शक्ति पीठको दर्शन र बिजया दशमीको दिन टीका बक्सने कार्यक्रम समेत नहुँने स्थगन गरिएको उल्लेख गरिएको छ।