शुक्रबार, बैशाख २१, २०८१

सूचना टाँस गर्दै प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भाद्र २९ मा

 काठमाडौं भाद्र २५ ,
शनिबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गर्दै स्थगित गरिएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले जारी गर्नुभएको सूचनामा विशेष कारणवश आजको लागि निर्धारित बैठक बस्न नसक्ने भएकाले प्रतिनिधि सभा बैठक स्थगित भएको व्यहोरा उल्लेख गरिएको छ।

त्यस्ते टाँस गरिएको सूचनामा प्रतिनिधि सभाको हर्को बैठक भाद्र २९ गते बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।उल्लेख गरिएको छ।