आइतवार, बैशाख २३, २०८१

२२ गतेसम्म संघ र प्रदेशसभाको उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं भाद्र १६,
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले भाद्र २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

त्यस्तै नेकपा एमालेले उम्मेदवार सिफारिस गर्दा पार्टीको नीति र कार्यक्रमप्रति प्रतिबद्ध, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनमा योगदान, सन्तुलन र समावेशीता, निर्वाचन कानूनबमोजिमको योग्यता समेतलाइ आधार बनाउँन भनेको छ।

साथै निर्वाचन क्षेत्र कमिटीबाट गरिने सिफारिसमा जिल्ला र प्रदेश कमिटीले रायसहित र समानुपातिकतर्फ सिफारिस गर्दा समावेशीताका आधारमा गर्न निर्देशन दिएको छ ।