शुक्रबार, बैशाख २१, २०८१

देशैभर मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं साउन १४ ,
जल तथा मौसम विज्ञान विभागले आजपनि देशभर सामान्य बदली रही देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहितको वर्षाको संभावना औल्याएको छ।

साथै विभागले मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपासमा रहेकै कारण प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम को जनाएको छ।

साथै विभागले यसवीचमा  नदीनाला तथा खहरेखोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन, यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध समेत गरेको छ ।