शनिबार, बैशाख ८, २०८१

दलीय प्रणालीलाइ बलियो बनाउनुको विकल्प छैन : कांग्रेस प्रवक्ता महत

काठमाडौं साउन १४ ,
नेपाल प्रेस युनियन कैलाली शाखाको नवौँ महाधिवेशनानमार्फत निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्न काठमाडौँमा आज आयोजित कार्यक्रमलाइ सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले दलीय प्रणालीलाइ बलियो बनाउँनुको विकल्प नभएको जनाउ सहित पछिल्लो समय स्वतन्त्र जनप्रतिनिधिको नाममा अराजकता मौलाएको बताउनुभएकोछ ।

त्यस्तै प्रवक्ता महतले दलीय प्रणालीमा स्वतन्त्र नेतृत्वले कुरा गरेअनुरुप काम गर्न नसकिरहेको जिकिर गर्दै काठमाडौं महानगरमा निर्वाचित महानगर प्रमसख बालेन्द्र शाहले आफ्ना चुनावी प्रतिवद्धा समेत पूरा गर्न नसकिरहेको उदाहरण प्रस्तुत गर्नुभयो ।

साथै उहाँँले कांग्रेस नेतृत्वले आफुलाइ अवका दिनमा आफुलाइ सच्याउँदै अघि बढ्ने बताउँदै आसन्न निर्वाचनमा कांग्रेसले बढीभन्दा बढी स्थानमा जित हासिल गर्ने गरी तयारीमा जुट्न आह्वान समेत गर्नुभयो ।

प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरु रामजनम चौधरी लगायले वोल्नुभएको थियो ।