शुक्रबार, बैशाख २१, २०८१

सल्लाघारीमा सडक आसपासका रहेको २१ वटा जोखिमयुक्त रूख काटिए

काठमाडौं साउन १०,
भक्तपुरस्थित सल्लाघारीमा गत आइतवार रूख ढलेर बस र स्कुटरलाई किच्दा भएको मानविय क्षतिको अवस्थालाइ दृष्टिगत गर्दै जिप्रका भक्तपुरले सल्लाघारीमा सडक आसपासका रहेको जोखिमयुक्त २१ वटा रूखको पहिचान गरि काटिएको छ ।

स्मरण रहोस गत आएतवार रूख ढलेर गत आइतबार बा२ख ३५८४ नंको बस र बा६१प ३९७८ नंको स्कुटरलाई थिचेपछि तीनजनाको मृत्यु र १२ जना यात्रु घाइते भएका थिए ।

जिप्रका भक्तपुरले डिभिजन वन कार्यालय भक्तपुरका कर्मचारीले जोखिमयुक्त रुखको पहिचान गरेसंगै ती रूख काटिएको जनाउँदै आगामी दिनमा पनि सडक समिपमा रहेका जोखिमयुक्त रुख काटिने जनाएके छ।

यसैवीच दुर्घटनामा घाइते भएका ११ जनाको डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारी र भक्तपर इन्टरनेशनल अस्पताल कौशल्टारमा ख्वप मिनी बस सेवा समितिको खर्चमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।