शनिबार, बैशाख ८, २०८१

बिहीबारदेखि मनसुन थप सक्रिय हुने देशभर बदलीसंगै भारी वर्षाको संभावना

काठमाडौं साउन १०,
जल तथा मौसम विज्ञान विभागले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको संभावना औल्याएको छ । विभागले पछिल्लो समय मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहेको जनाउँदै यसवीचमा बढ्दो मनसुनी प्रभावका कारण देशभर आङ्शिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

त्यस्तै विभागले आगामी बिहीबारदेखि मनसुन थप सक्रिय हुने जनाउँदै आगामी २४ घण्टा देशका केही स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश नं १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना तथा उक्त भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै नदीनाला तथा खहरेखोलामा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउनु सबैमा अनुरोध समेत गरेको छ ।