बिहिबार, बैशाख २०, २०८१

आव ०७८–७९ मा आयोगको तर्फबाट सम्पादित प्रमुख कार्यको प्रारम्भिक तथ्यांक सार्वजनिक [यस्तो छ सूची]

काठमाडौं साउन १,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८–७९ मा आयोगको तर्फबाट सम्पादित प्रमुख कार्यको प्रारम्भिक तथ्यांक सार्वजनिक गरेको छ।

सार्वजनिक प्रारम्भिक तथ्यांकमा आयोगले आव २०७८–७९ समाचारपत्र, लिखित निवेदन, ईमेल, फेसबुक, आयोगको वेबसाइट, मोबाइल एसएमएस, टेलिफोन, मोबाइल एप, हुलाक सेवालगायत अन्य विभिन्न माध्यममार्फत दर्ता भएक कुल मुद्धा २४ हजार २४१ मुद्धा मध्ये ७ हजार ९८ र आठसय २० वटा मुद्दा विस्तृत अनुसन्धान सहित फरछ्योट गरिएको उल्लेख गरिएको छ।
त्यस्तै आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जारी गर्नुभएको ििवज्ञप्तिमा आव १पूर्व मन्त्रीसहित १५५ जना विरुद्ध भ्रष्टाचार मुद्धामा १३१ वटा मुद्दामा प्रतिवादीको संख्या ६३९ रहेको जनाउनुको अलावा यस अन्तर्गत विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारी ३ जना, अन्य कर्मचारी ३०८, विचौलिया–मतियार १७२ जना रहेको जनाएके छ ।

त्यस्तै आरोपितहरुबाट दुई अर्ब ७८ करोड ४३ लाख ३२ हजार सातसय दश रुपियाँको बिगो माग दाबी गरिएको जनाउँदै आयोगले कुल रंगेहात कारबाहीमा परेका ३८ मध्ये २६ जना राष्ट्रसेवक कर्मचारी रहेको सार्वजनिक प्रारम्भिक तथ्यांकमा उल्लेख गरिएको छ ।

यस्तै आयोगले यसअघिको आर्थिक वर्ष २०७७/७८ मा उजुरी संख्या २२ हजार ६२५, फरछ्योट संख्या १४ हजार ५३२ र पाँचसय दशवटा मुद्दा विस्तृत अनुसन्धानमा गएको छ । विगतको वर्षमा ६४ दशमलव २३ प्रतिशत फरछ्योट प्रतिशत रहेकोमा हाल यो बढेर ७० दशमलव ५३ प्रतिशत पुगेको जनाएको छ ।