शुक्रबार, बैशाख ७, २०८१

उपसभामुखमा निर्वाचित भुसाललाई पद तथा गोपनीयताको शपथ

काठमाडौं साउन १,
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले नवविर्चाचित उपसभामुखमा पुष्पा भुसाललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा १४८ मत प्राप्त गर्दै उपसभामुखमा निर्वाचित नेपाली कांग्रेसकी नेत्री भुसाललाई सभामुख सापकोटाले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथ ग्रहण कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

यसैवीच पद तथा गोपनीयताको शपथ पछि नवविर्चाचित उपसभामुख भुसालले सिंहदरबारस्थित उपसभामुखको कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै आफ्नो कार्यकालमा संविधान कार्यान्वयनका लागि उपसभामुखले गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

July 2022
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
252627282930