शनिबार, बैशाख २२, २०८१

फेरी बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रति लिटर रु १७८

काठमाडौं जेठ २६,
पेट्रोलियम पदार्थको मूल्य पुन बढेको छ । बढ्दो मूल्य अनुसार पेट्रोल प्रति लिटरको मूल्य १७८ पुगेको छ । जुन आज मध्यरातबाट लागु हुने छ।
यसअघि गत जेठ ८ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको तर तत्कालका नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय अनुरुप पेट्रोलमा प्रति लिटर रु १० कम गर्दै प्रति लिटर रु १७० कायम हुने गरि मूल्य समायोजना गरिएको थियो ।

निगमले अन्तराष्ट्रिय बजारमा इन्धनकोमूल्य उच्च दरले मुल्य बृद्धि भएको तथा इन्धन आयल कर्पोरेसनलाई भुक्तानी गर्नुपर्ने बक्यौता २० अर्ब पुगेको भन्दै सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।

त्यस्तै निगम सञ्चालक समितिको बैठकको निर्णय अनुसार डिजेल, मट्टितेल प्रतिलिटर रु १२ रुपैया वृद्धि गर्दै प्रतिलिटर रु १६५ पुर्‍याइएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यसअघि वृद्धि गरिएको रु एकहजार ८सय  र  हवाई इन्धनको मूल्य भने यतावत राखेको छ ।   निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।