शुक्रबार, बैशाख १४, २०८१

अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा भिषण् पहिरो , दुईतर्फी सवारी आवागमन अवरुद्ध

काठमाडौं जेठ २७ ,
गए रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक २० मिटर सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको तनहुँ प्रहरीले जनाएको छ ।

सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावत संभव नभएको निष्कर्ष सहति जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको जानकारी दिएका छन । २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ । साथै पहिरो खसेको ठाउँमा एक सवारी पुरिएको अवस्थामा भेटिएकाले मानवीय क्षती समेत भएको अनुमान रहेको प्रहरीको जनाउ रहेको छ ।