मङ्लबार, बैशाख २५, २०८१

स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई महासंघ भक्तपुरको सम्मान

फोटो: रत्न श्रेष्ठ

काठमाडौं जेठ २१,
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाले आज भक्तपुर जिल्लाका स्थानीय तहमा गत बैशाख ३० गते सम्म्पन्न स्थानीय तह निर्वाचनबाट नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई माला, भादगाउँले टोपी लगाएर बधाई पत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो ।

त्यस्तै सम्मान कार्यक्रममा वोल्दै महासचिव पुरीले पछिल्लो समय केही स्थानीय तहले त्यस्तो विरोधाभाषपूर्ण कानून ल्याउने काम पनि गरेको पाइएको भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्ध ल्याइने कुनै पनि किसिमका कानुन महानसंघको लागि मान्य नहुने बताउनुभयो

त्यस्तै कार्यक्रममा महासङ्घका सचिव नारायणसुन्दर किलम्बु, महासङ्घ उपत्यका प्रदेश अध्यक्ष श्रीजन झाले स्थानीय सरकारको तर्फबाट महासंघको प्रस्तावित भवन निर्माण्को लागि ष्सपटक ठोस पहल हुने विस्वास् व्यक्त गनुभयो ।

त्यस्तै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जुनसुकै पार्टीबाट निर्वाचन जिते पनि स्थानीय सरकार विभेदरहितरुपमा जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको उक्त कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ ,चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जनप्रतिनिधिलाई खबरदारी गर्ने, सत्यतथ्यमा आधारित रहेर पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याउँदै पत्रकार महासङ्घको भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031