शनिबार, बैशाख २२, २०८१

महानगरमा सुशासन र फोहरको व्यवस्थापनको लागि आवश्यक पूर्ण सहयोग रहन्छ: प्रम देउवा

प्रम देउवासंग महानगर प्रमुख साहको भेटवार्ता :

काठमाडौं जेठ १८,

काठमाडौं महानगरका नव निर्वाचित प्रमुख वालेद्यद्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवासंग आज विशेष भेटवार्ता गर्नु भएको छ। भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले महानगर प्रमुख साहलाइ बधाई ज्ञापन गर्दै महानगरको राम्रो कामका लागि आफ्नो पार्टी र सरकारको समेत पूर्ण सहयोग बताउनुभएको छ ।

साथै उहाँले समग्र महानगरको विकासको लागि मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ। महानगरको कार्यपालिकामा पनि काँग्रेसको बहुमत छ बिकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबै बाट सहयोग हुने बताउँदै गर्दा प्रमुख साहले नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउँदै महानगर विकास आफ्नो एकमात्र लक्ष्य भएको बताउनुभएको छ ।