शनिबार, बैशाख २२, २०८१

संसद बैठक आव बजेटमाथिको छलफल जारी ,अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने

काठमाडौं जेठ १८,
प्रतिनिधिसभाको आजको बैठकमा गत जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेश भएको आर्थिक वर्ष २०७९ ८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेको छ । आजको बैठकमा प्रतिनिधिसभाका ४५ सदस्यले छलफलमा भाग लिनुभएको छ । त्यस्तै सभामुख अग्निप्रसाद सापकोटाले आज बसेको बैठकले संसद्को संयुक्त बैठक र संयुक्त समिति सञ्चालन नियमावली २०७५ को नियम २५ को उपनियम २ बमोजिम गठित संसदीय सुनुवाई समितिका सभापतिबाहेक प्रतिनिधिसभातर्फका सदस्य हेरफेर गरिएको जानकारी दिनुभएको छ ।

त्यस्तै बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आर्थिक वर्ष २०७९र८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी रहेका कारण प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने सदनलाइ जानकारी गराउनुभएको छ ।

त्यस्तै संघीय संसदका महासचिव डा। भरतराज गौतमले बिहीबारको सम्भावित कार्यसूची सार्वजनिक गर्नुहुँदै आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने उल्लेख गर्नुभएको छ ।