बिहिबार, बैशाख २०, २०८१

नेपाल र इजरायलवीचको कूटनीतिक सम्बन्ध भद्र एवम् महत्वपूर्ण : मन्त्री कार्की

नेपाल इजरायलवीच कूटनीतिक सम्बन्धको ६२ वर्ष : 

काठमाडौं जेठ १८,
नेपाल र मित्र राष्ट्र इजरायलवीच कूटनीतिक सम्बन्ध स्थापना  भएको वर्ष ६२ वर्ष पुगेको छ । नेपालमा तत्कालनि जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको पहलमा सन् १९६० मा नेपाल–इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । समग्रमा भन्नु पर्दा १४ मे १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भई अस्तित्वमा आएको पश्चिम एसियाको सानो देश इजरायलसँग नेपालको सम्बन्ध त्यसवेला देखिनै भद्र एवम् महत्वपूर्ण रहदै आएको छ।

त्यति मात्र नभई प्रम कोइरालाले इजरायल संगै सम्बन्ध विस्तार भएकोसमयमा नै इजरायलको मैत्रीपूर्ण भ्रमण गरेका थिए भने इजरायलले मार्च १९६१ मा नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो । त्यसपछिका समयक्रममा इजरायलका तत्कालीन राष्ट्रपति जलमान साजारले सन् १९६६ मा नेपालको भ्रमण गरेका थिए ।

 यद्यपी  वितेको ६ दशकोसमयमा इजरायलले देश विकासको त्रश्रेखलामा निकै फड्को मार्नुका अलावा नेपालीहरुको लागि राम्रो श्रम गन्तव्यको रुपमा विकास भएको छ। मुलत कृषि प्रविधिका कारण विकासको उच्च श्रृखलामा पुगेको इजरायलले यसवीचमा नेपालमा समेत इजरायली कृषि प्रविधि नेपालमा कार्यान्वयन गर्दै नेपालको कृषि प्रणालीलाइ आधुनिकीकरण गर्दै आर्थिक विकासको बाटोमा अग्रसर हुन मद्दत गर्न अघि बढेको पाइन्छ ।

यसैवीच आज नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ६२ वर्ष पूरा भएको अवसरमा बुधबार सुन्दरीजलस्थित विपि कोइराला संग्राहलयमा एक विशेष कार्यक्रमको आयोजना गर्दै दुइ देशवीच कूटनीतिक सम्बन्ध स्थापना गर्न पहल कद्मी लिने तत्कालीन जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मरण सहित नेपाल सरकारका सूचना, सञ्चार तथा प्रविधि मन्त्रीको विशेष उपस्थितीमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा वोल्दै मन्त्री कार्कीले नेपाल इजरायलबीचको सम्बन्धको चर्चा गर्दै तत्कालीन समयमा इजरायलसँग सम्बन्ध गाँस्नु चुनौती भएको बुझ्दा बुझ्दै पनि बिपी कोइरालाले त्यसलाई सुझबुझका अघि बढाएको स्मरण गर्नुभयो ।

त्यस्तै पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका पवक्ता डा प्रकाशशरण महतले इजरायलको स्वतन्त्रता, सार्वभौसत्ता र सुरक्षामा नेपालले विगतदेखि नै साथ दिँदै आएको उल्लेख गर्नु भयो । कार्यक्रममा पूर्वमन्त्री प्रदीप ज्ञवाली, पूर्वमन्त्री हिसिला यमी, इजरायलका लागि पूर्वनेपाली राजदूत डा अञ्जान शाक्य, नेपालका लागि इजरायली राजदूत हनान गोडर लगायतले आआफ्नो स्मरणात्मक अनुभव सुनाउँनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2022
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031