बिहिबार, बैशाख २०, २०८१

काँग्रेस केन्द्रीय समितिको निर्णय: निर्वाचनमा स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन

काठमाडौं चैत १५,
गत शुक्रवार देखि पार्टी मुख्यालयमा जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको आज बसेको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकता अनुसार चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति र पार्टी प्रवक्ता डा प्रकाशशरण महतको संयोजकतत्वमा केन्द्रीय प्रचारप्रसार समिति गठन गरेको छ।  त्यस्तै गठित समितिमा आवश्यकताअनुसार सदस्यहरुको मनोनयन गरिने बुझिएको छ ।

 त्यस्तै बैठकले नेपाली कांग्रेसको विधान २०१७ [संशोधन सहित] को धारा २४ ९२० बमोजिम २०७८ फाल्गुण ३ गते सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको छ ।

 त्यस्तै बैठकले स्थानीय तह निर्वाचन केन्द्रीत ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानले नेपाली कांग्रेस पार्टीको विजयको आधारलाई थप व्यापक र मजवुत बनाउँदै लगेको ठहर सहित थप उत्साह साथ निर्वाचन अभियानमा जुट्न नेपाली कांग्रेस सम्पूर्ण पार्टी पंक्तिलाई हार्दिक अपिल समेत गरेको छ।

साथै कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा ४ बमोजिम देशव्यापी रुपमा नेपाली कांग्रेसको सदस्यता र नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय समेत बैठकले गरेको छ ।