बिहिबार, बैशाख २०, २०८१

अमूर्त सम्पदा बचाउन समुदायले खेलेको भूमिका महत्वपूर्ण : प्रमुख शाक्य

काठमाडौं चैत १६ ,

गुँला पर्वमा बजाइने बाजा संरक्षण गरेर सांस्कृतिक चालचलनलाई निरन्तरता दिने लक्ष्यले काठमाडौँ महानगरपालिकाले २३ वटा गुँला बाज खलः पुचहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । आज महानगर वडा १५ को डल्लु आवास क्षेत्रमा रहेको कसाः ख्य मा आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले हरेक समूहलाई २ लाख रुपैयाँका दरले सहयोग रकम प्रदान गर्नुभएको हो ।

अनुदान रकम बितरण गर्दै प्रमुख शाक्यले भन्नुभयो, अमूर्त सम्पदा बचाउन समुदायले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै ‘हामीले दिएको सहयोगबाट प्रशिक्षणका कार्यक्रम सञ्चालन संगै नियमित खर्च व्यवस्थापनमा सहयोग पुग्ने विश्वाश व्यक्त गर्नुभएको छ।

यस्तो छ  अनुदान प्राप्त गर्ने बाजा खलको सूची :  १) कसाः तःधं गुथि, जनबहाल २) चस्वाँद्व मानन्धर सनागु खल, चस्वाँद ३)असं बाज गुथि, असन ४) स्वयम्भू गंला बाजँ खलः स्वयम्भू ५) केशचन्द्र गुंला बाजं खलः, इतुंमबहाल ६) तेबहाः गुंला बाजं खलः, तेबहाल ७) ओम बहाः गुंला बाजं खलः, ओमबहाल ८) थँहिति मानन्धर गुथि, थँहिति ९) न्यागमणि फेदी धाः बाजं खलः, बालाजु १०) रत्नमण्डल महाबिहार सवं संघ, नघः ११) पाक्व पख्द्यां मानन्धर सना खलः, पाको १२) लाय्कुसाः मानन्धर समाज, लाय्कुसा १३) कीर्ति पुण्य महाबिहार, क्वहिति १४) ङत गुंला बाजं खलः, नरदेवी १५) मानन्धर सनागु खलः न्हूसाः, न्हूसाः १६) कीर्तिपुण्य महाबिहार, लगन १७) ताम्राकार गुंला बाजं खल, मरु १८) धर्मचक्र महाबिहार बाजं खलः, वँतु १९) त्यंघः कुमाः बाजं खलः, त्यघंः २०) भिंद्य गुथि, कालिमाटी २१) दैसाः त्वाः मानन्धर समाज, दैसा २२) चारुमती गुंला बाजं खल, चावहिल र २३) जय बागेश्वरी धा बाजं खल, जयबागेश्वरी रहेका छन ।