काठमाडौं चैत १६,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ३ हजार ९४० जनाको पीसीआर परीक्षण गर्दा २५ जना र १२ सय ५२ जनाको एन्टिजेन परीक्षण गर्दा एक जना गरि २६ जनामा कोभिड संक्रममण पुष्टि भएको जानकारी दिएको छ।
त्यस्तै यसवीचमा ७७ जना सङ्क्रमण मुक्त भएको जानकारी दिदै वितेको २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभए पनि नेपालमा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको जानकारीदिएको छ ।साथै देशभर ११ सय ४६ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।