शनिबार, बैशाख २२, २०८१

प्रहरी र प्रदर्शनकारीबीचको झडपमा १५ प्रहरी र दुई प्रदर्शनकारी घाइते ,सयौं पक्राउ

काठमाडौं फागुन ४,
काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधको क्रममा भएको प्रदर्शनकारी प्रहरीबीच भएको झडपका कारण १५ प्रहरी र दुई जना प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनलाइ नियन्त्रणमा लिने क्रममा प्रहरीले पानीको फोहोरासंगै एक दर्जन भन्दा बढी अश्रुग्यास प्रहार गरेका छन भने प्रदर्शनकारीको तर्फबाट ढुङ्गामुढा प्रहार गर्ने काम भएको थियो । झडपका कारण माइतीघर–तीनकुने सडक खण्डमा यातायात सेवा प्रभावित भएका छन ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी लगायत दलका कार्यकर्ताहरु बिहानैदेखि बानेश्वर क्षेत्रमा भेला भएर एमसीसीको विरुद्ध गरेको  प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समूह पनि एमसीसीको विरोधमा मिसिएको थियो ।