बिहिबार, बैशाख २०, २०८१

काठमाडौं उपत्यकामा अझै १९ हजार १०४ जनामा कोभिडको सक्रिय संक्रमण

काठमाडौं माघ २४ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पुष्टि भएक १ हजार ५७० जना संक्रमित मध्ये काठमाडौं उपत्यकामा ४३७ नयाँ संक्रमित थपिएको जनाएके छ । मन्त्रालयका अनुसार यसरी थपीका संक्रमति मध्ये काठमाडौंका ३५०, ललितपुरका ५९ जना र भक्तपुरका २८ जना संक्रमित रहेको जनाएको  छ।

त्यस्तै मन्त्रालयले पछिल्लो समय काठमाडौं उपत्यकामा अझै १९ हजार १०४ सक्रिय संक्रमित रहेको जनाएके छ । । जसमध्ये काठमाडौंमा ९हजार३९६, भक्तपुरमा २हजार६७२ र ललितपुरमा ७हजार०३६ मा कोभिडको सक्रिय संक्रमण रहेको जानकारी  दिएको छ।