शनिबार, बैशाख २२, २०८१

सत्ता साझेदार दलबीचको बैठक छलफलमानै सिमित, शुक्रवार १० बजे पुनः बैठक बस्ने

काठमाडौंं फागुन ५ ,
एमसीसी अनुमोदन गर्ने सम्बन्धमा साझा धारणा बनाउने लक्ष्य सहित सत्तारुढ ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको प्रमको सरकारी निवास बालुवाटारमा आज साँझ बसेको बैठक सकेलगत्तै बैठकको निर्णयबारे जानकारी दिदै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले  आजको बैठकमा संसदमा जारी गतिरोध अन्त्य संगै एमसीसी अनुमोदनका विषयमा गम्भीर तथा घनिभूत छलफल भएको  बताउनुभयो ।

यद्यपी  बैठक ठोस निर्णय के भयो भन्ने विषयमा शुक्रवार १० बजे पुनः बस्ने बैठकपछि मात्र विस्तृत विवरण सार्वजनिक हुँने जानकारी दिनुभयो ।
बैठकका प्रस्तावित एजेन्दामा दलहरु आआफ्नै अडानमा तसमस नभएसंगै छलफल जारी रहेकाले शुक्रवारबार बस्ने  बैठकपछि निर्णय गर्नेगरी आजको बैठक समाप्त भएको उहाँको भनाइ रहेको थियो ।

बैठकमा माओवादी केन्द्रमा अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल तथा जसपाका नेता राजेन्द्र श्रेष्ठ लगाएतका नेता सहभागी हुनु हुन्थ्यो ।