बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसिसी अनुमोदन केन्द्रीत अर्थपूर्ण भेटवार्ता

काठमाडौं फागुन १०,
प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विशेष भेटवार्ता भएको छ।

भेटवार्ताको क्रममा उहाँहरुवीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने, एमसिसी अनुमोदन गर्नेलगायत विषयमा भएको विचार विमर्श पछि प्रस्तावित विषयमा सकारात्मक वातावरण बनेको प्रम निवास स्रोतले जनाएको छ।

प्रतिनिधिसभामा गत फागुन ८ गते एमसीसी टेबल भएपछि एमाले अध्यक्ष ओलीसंग प्रम देउवाको आज भएको भेटवार्तालाइ निकै अर्थपूर्ण भेटको रुपमा हेरिएको छ।