शनिबार, बैशाख ८, २०८१

बिहीबार बस्ने संसद बैठकमा सबै सांसद्लाई अनिवार्य उपस्थित हुन काँग्रेसको निर्देशन

काठमाडौं फागुन ११,
नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसद्लाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसद्लाई विहिवार बस्ने संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसद्लाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गरिएको हो ।

त्यस्तै सैद्धान्तिक छलफलमा निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’सचेतक भुसालले भनिन् ।