बिहिबार, बैशाख २०, २०८१

शनिवार १० हजार २५४ जना कोभिड सङ्क्रमित थपिए, १६को मृत्यु

काठमाडौं माघ ८,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १० हजार २५४ जना कोभिड सङ्क्रमित थपिएका छन् । १४ हजार ४६२ जनामा पीसीआर परीक्षणको क्रमम ८ हजार २१२ जना र ५ हजार ७२५ जनाको एन्टीजेन परीक्षणको क्रममा २ हजार ४२ जना गरि उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले पछिल्लो २४ घण्टामा ७०८ जना संक्रमित कोभिड मुक्त भएको स्वास्थ्य जनाउदै सोही अवधिमा १६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।

मन्त्रालयले पछिल्लो समय नेपालमा संक्रमणबाट पनधन हुनेको सख्या ११ हजार ६५१ जना पुगेको जनाएको छ भने देशभर ७२ हजार ८६२ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । यसैगरी, पछिल्लो २४ घण्टामा एक लाख ९६ हजार ८५७ जनाले कोभिड विरुद्धको खोप लगाएको जानकारी दिएको छ ।