शनिबार, बैशाख ८, २०८१

आइतबार देशभरका अदालतमा शोक बिदा

काठमाडौ माघ ८,
सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा आइतबार देशभरका अदालतमा शोक बिदा दिने निर्णय गरेको छ । पूर्वप्रधानन्यायाधीश शर्माको ८८ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले पूर्ण बैठकपछि आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च, उच्च र जिल्ला, विशेष तथा न्यायाधीकरण गरी देशभरका अदालतमा आइतबार शोक बिदा दिने निर्णय गरेको उल्लेख छ ।पूर्वप्रन्या शर्माको स्व शर्माको एक छोरा एक छोरी हुनुहुन्छ ।