बिहिबार, बैशाख २०, २०८१

राजधानी लगायत देशका मुख्य स्थानमा ह्वात्तै बढ्यो वायुप्रदूषण,सर्तक रहन  विभागको अनुरोध

काठमाडौ चैत १३,
शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ । वातावरण विभागले केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका कारण वायूप्रदूषण बढेको जनाएकोछ ।

त्यस्तै विभागले प्रदूषणको दर दैनिकजसो बढ्दै गएको जनाउदै काठमाडौंको मुख्य शहरी क्षेत्र , कीर्तिपुर, भक्तपुर, ललितपुर र सिमरामा मानवस्वास्थ्यमा हानिकारक रहेको पिएम २।५ माइक्रोनको धूलोको प्रदूषण सबैभन्दा बढी फैलिएको जानकारी दिएकोछ । यसरी फैलिएको वायुप्रदूषणका कारण आँखा पोल्ने चिलाने र सास फेर्न समेत मुस्किल हुने गरेको जनाएकोछ ।

त्यस्तै वायुप्रदूषणको जोखिमबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दै बढ्दो प्रदूषणका कारण बाग्लो तुँवालो लाग्दा हवाइसेवा समेत प्रभावित बनेको जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु