शनिबार, जेष्ठ २९, २०७८

एमाले संसदीय दलको बैठक- एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल हुँदैन : प्रम ओली

एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने वरिष्ठ नेता खनालको जनाउ

काठमाडौ चैत १३,

नेकपा एमालेको संसदीय दलको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । यसअघिको संसदीय दलको बैठकमा सहभागी नभएका उनी २३ फागुनमा सर्वोच्चको फैसलाबाट नेकपा एमाले ब्युँतिएपछि पहिलो पटक बैठकमा सहभागी भएका हुन् । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपाल भने सहभागी भएका छैनन् ।

बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपाल र भीम रावल कारबाहीको भागिदार हुने बताउँदै एमालेमा अब गुटगत र समूहगत रुपमा कसैसँँग पनि छलफल नहुने समेत बताएका छन । साथै प्रम ओलीले त्यस्तै बैठकमा माधव नेपालसहितका ४ जना नेतालाई केन्द्रीय कमिटी बैठकले स्पष्टिकरण सोधेको भन्दै माधव र भीम रावलको स्पष्टिकरण चित्त बुझ्दो नभएका कारण कारवाहीको भागिदार हुने बताउनुभएको हो ।

प्रम ओलीको अभिव्यक्ति लगत्तै वरिष्ठ नेता झलनाथ खनालले अध्यक्षको तर्फबाट भएका एक्लौटी निर्णय फिर्ता नलिए पार्टी एक ढिक्कासहित परिचालित हुन नसक्ने भन्दै यदि पार्टीलाइ एक ढिक्कासहित परिचालन गर्ने हो भने ​२ जेठ २०७५ को अगाडिकै अवस्थामा एमाले सञ्चालन हुनुपर्ने बताउँदै रिष्ठ नेता खनाल बैठकबाट बाहिरिएको थियो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु