शुक्रबार, बैशाख २१, २०८१

काठमाडौं निर्वाचन क्षेत्र न. ८ मा श्रेष्ठ जोशीवीच कडा टक्कर

काठमाडौ मंसिर २२ काठमाडौं निर्वाचन क्षेत्र न ८ को मत गणनाा परिणम निकै रोचक ढंगबाट अगाडि बढ्दै गरेको छ । यस निर्वाचन क्षेत्रमा बाम गठवन्धनका उम्मेदवार रहेका जीवन राम श्रेष्ठले काँग्रेसका उम्मेदवार नविन्द्र जोशीबीच कडा टक्कर देखिएको छ ।

साँझ प्राप्त पछिल्लो मतगणनाअनुसार बाम गठवन्धनका उम्मेदवार जीवन राम श्रेष्ठले ५हजार८७८ मत ल्याएका छन् । लोकतान्त्रिक गठवन्धनका उम्मेदवार नविन्द्र जोशीले ५हजार ७८८ मत ल्याएका छन् । अहिले यी दुइबीच मात्र ९० मतको मात्र फरक रहेको छ । यद्यपी अझै लगभग १६ हजार मत मत गणनाा वाँकी रहेको बताईएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।