आइतवार, बैशाख २३, २०८१

उपत्यकामा जथाभावी सवारी चलाए कारवाही

काठमाडौ कात्तिक १६,  काठमाडौं उपत्यकामा बड्दो जथाभावी रुपमा सवारी चलाउने र यसबाट हुन सक्ने दुर्घटनाको पक्षलाइ दृष्टिगत गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी सवारी हाँक्ने कने चालकलाइ कारवाही गर्ने भएको छ । उपत्यकामा हुने सवारी दुर्घटनामा ४२ प्रतिशत व्यक्ति पैदलयात्रु पर्ने गरेको भन्दै उक्त दुर्घटनामा कमी ल्याउन महाशाखाले तीव्रगतिमा गुड्ने सवारीसाधन सडकको बीच भागबाट र सर्वसाधारण बोक्ने सवारी सडकको बाहिरी भागबाट चलाउँनु पर्ने नितिगत नियमको कार्यान्वयन गर्न लागेको हो यसैक्रममा महाशाखाले बुधबार भक्तपुरदेखि काठमाडौं आउने सवारीसाधनलाई प्रशिक्षण कार्याक्रम सञ्चालन गर्दै पहिला तपाईं अनि म’, ‘हर्न नबजाउँ’, ‘सडकको दाँया भागबाट मात्र ओभरटेक गर्नुहोस्’, ‘मोटरसाइकल, साइकल, ट्रक, मिनीट्रक बाँया भागमा मात्र’ नारासहितको प्रदर्शन गर्दै सवारी चालक र यात्रुलाई जनचेतना प्रदान गरेको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले आगामी दिनमा काठमाडौं तथा ललितपुरका विभिन्न भागमा यस्तो कार्यक्रम सन्चालन आफ्नो योजना रहेको जनाउ दिदै सभ्य र अनुशासित भएर सवारी चलाउँन आग्रह गर्न भएको छ ।