आइतवार, बैशाख २३, २०८१

आज ४५ जिल्लाका लागि उम्मेदवारको मनोनयन दर्ता हुँदै

 काठमाडौ कात्तिक १६,  आसन्न मंसिर २१ गते हुने दा्स्रो चरण अन्र्तगतको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी आज दर्ता हुँदै छ ।  तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा हुने निर्वाचनको लागि आयोगले आज उम्मेदवारको मनोनयन दर्ता गराउन लागेको हो ।

यसैवीच बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारी मनोनउन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । त्यस्तै निर्वाचनलाई लिएर कुनै द्विविधा नपाल्न आग्रह गर्दै शान्तिपूर्ण रुपमा १० बजेदेखि अपरान्ह ५ बजेसम्म आ९आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराउँन आह्वान गरेको समेत गरेको छ ।

 गत कात्तिक ५ गते प्रतिनिधिसभाको कूल १ सय ६५ मध्ये ३७ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता भएको थियो ।